बोत्तल हान्ने युवकले गायक प्रकाश सपुतसँग मागे माफी

काठमाडौं । गायक प्रकाश सपुतमाथि बियरको बोतलले प्रहार गर्ने युवकले माफी मागेका छन् ।

रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोतल प्रहार गरेका थिए । बोटल उनको अनुहारमा लागेको थियो ।

घटनापछि आयोजकले प्रहरीमा उजुरी समेत गरेको थियो । तर गायक प्रकाश सपुत आफैंले बोतल प्रहार गर्ने युवकलाई बोलाएर माफी दिने बताएका थिए ।

‘प्रहरीमा बस्न नपरोस् , नेपाल फर्किन नपरोस् ,’ आक्रमण गर्ने युवकलाई मदिरा सेवन गरेर यस्ता काम नगर्न आग्रह गर्दै उनले भनेका छन् ।

उनले आयोजकलाई पनि युवकलाई नेपालमा फर्काउने लगायतका कुनै पनि काम नगर्न आग्रह गरे । आयोजकले पनि उजुरी फिर्ता लिने बताएको छ ।

बोटल प्रहार गर्ने युवकले पनि गायक सपुतलाई भेटेर माफी मागेका छन् । उनले हात जोडेर भनेका छन्, ‘रमाइलो गर्दा गर्दै गल्ती गरेँ । म माफी चाहन्छु ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१