प्रभासको फिल्म ‘आदिपुरुष’ लाई लगानी उठाउनै सकस

काठमाडौं । भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ लाई लगानी उठाउनै सकस भएको छ ।

फिल्मले सुरूवातमा राम्रो कमाइ गरेको थियो । फिल्म प्रदर्शन भएसँगै निर्मातामाथि धार्मिक भावना चोट पुर्‍याएको आरोप लागेको छ । विवाद बढ्दै गएपछि निर्माण टिमले फिल्मका चार संवाद परिवर्तन गरेका छन् । साथै थ्रिडी टिकटको मूल्यसमेत घटाएका छन् ।

३०० भारू पर्न टिकटको मूल्य घटाउँदै १५० बनाइएको थियो । टिकटको मूल्य १५० हुँदा पनि दर्शक नआएपछि निर्माण टिमले ११२ भारूमा टिकट दिइरहेका छन् । तर फिल्मले व्यापारमा गति लिन सकेको छैन ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले १२ दिनमा २७८ करोड ९४ लाख भारू कमाएको छ ।

फिल्मले हिन्दी संस्करणमा १४३ करोड ९६ लाख, तेलुगुमा १२८ करोड ११ लाख र तमिलमा ३ करोड ५४ लाख भारू कमाएको हो ।

६०० लगानीमा बनेको फिल्मलाई घरेलू बक्स अफिसमा ३०० करोड कमाउन पनि मुस्किल परेको छ ।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको । कृति सेनले सीताको भूमिका निर्वाह गरेकी छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१