
काठमाडौं । अभिनेता राज कटुवाल र गायिका सिर्जना खत्री (हाउडेमाया) ले अभिनय गरेको ‘शिकारी नारी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
हाल यो गीत युट्युबको टप ट्रेन्डिङमा पर्न सफल भएको छ । हालसम्म ७३ हजार ५ सय ९० ले हेरिसकेका छन् भने ४ सय ३० जनाले प्रतिकृया जनाएका छन् ।
सार्वजनिक गीतको स्वरमा सृजनालाई गायक प्रताप दासले साथ दिएका छन् भने शब्द र संगीत सृजना आफैले भरेकी छन् । भिडियोमा नरेशनाथ योगीको निर्देशन रहेको छ भने, प्रजित तामाङको छायाँकन र सम्पादन गरेका छन् ।
मैथिली भाषामा रहेको पुरुष स्वरको र्यापलाई पूर्णीमा शाहले मैथिलीमा अनुवाद गरेकी छन् । गीतमा लण्डनबाट नेपाल आएका युवा र युवतीबीचको कुराकानीलाई रोमाञ्चकरुपमा र्याप शैलीमा प्रस्तुत गरिएको छ ।
गीतमा राज मैथिली पोसाक तथा नेपाली दौरा सुरुवालमा देखिएका छन् । सामाजिक सञ्जाल टिकटकमा समेत चर्चा बटुलिरहेको गीतलाई युवापुस्ताले बढी रुचाउने सम्भावना देखिन्छ ।
फरक शैलीका गीत तथा र्यापका कारण चर्चामा आउने सिर्जनाको यसभन्दा अघि ‘मेरो एक्सको छम्मा’ बोलको र्याप गीत सार्वजनिक भएको थियो ।
सिर्जनालाई ‘हाउडे माया’ उपनामले चिन्नेहरु धेरै छन् । ‘हाउडे माया’ चाहीँ गीतले दिएको नाम हो । यो उनको पहिलो गीत थियो । आफैंले शब्द, संगीत र स्वर भरेको उक्त गीतले उनलाई गायिका बनाइदिएको हो । त्यसपछि उनको ‘नौटकी माया’, ‘लाहुरे माया’ हुँदै ‘डबल माया’लाई दर्शकले असाध्यै रुचाएका छन् ।