
काठमाडौं । रघुजी फिल्मसको ब्यानरमा सामाजिक कथामा टेलिसिरियल ‘केशरी’ निर्माण भएको छ । निर्माण युनिटले सिरियलको टिजर सार्वजनिक निर्माण जानकारी दिएको हो ।
टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ । सिरियलमा टाइटल भूमिका अर्थात ‘केशरी’ को रोल आशा भुषालले निर्वाह गरेकी छन् । थुप्रै चलचित्र, म्युजिक भिडियो तथा टेलिचलचित्रमा काम गरिसकेकी आशाको ‘केशरी’ को टिजरमा रहेको अभिनय जीवन्त देख्न सकिन्छ ।
उत्तम अधिकारीको लेखन तथा निर्देशन रहेको सिरियल नेपाल नेटवर्क टेलिभिजनबाट आगामी साताबाट प्रत्येक सोमवार साँझ ७ बजे प्रशारण हुनेछ ।
‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए । टेलिसिययल ५२ भागसम्म निर्माण हुने निर्माता रघुनाथ सापकोटा बताउछन् ।
‘केशरी’ मा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनयराज पौडल, प्रदीपसिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरी, सुरज अधिकारी, समीर खनाल, स्मृति बस्नेत, डिम्पल खरेल, बिष्णु रोक्का लगायतका कलाकारको अभिनय छ ।