
काठमाडाैं । हुलाक सञ्चारमा प्रकाशित ‘लाचार बाग्लुङ नगरपालिका : छेवैको इमेजले अर्बौँ ठग्दा चाल नपाउने, ऋण तिर्न सर्वसाधारणलाई उर्दी !‘ शिर्षकको समाचारमाथि गुरिल्ला आक्रमण भएको छ ।
हुलाक सञ्चारकाे फेसबुक पेजलगायत अन्यमा शेयर गरिएको उक्त समाचारमा सामुहिक पेशेवर साइबर गुरिल्लाहरुले रिपाेर्ट गरेपछि उक्त शिर्षककाे समाचार आक्रमणकाे शिकार भएकाे हाे ।
साइबर गुरिल्लाको समूहले उक्त न्युज डिलिट गर्ने उदेश्यले हुलाक सञ्चारको वेबसाइटमा समेत आक्रमण गरी न्युज हटाउने प्रयास गरेका थिए तर उक्त प्रयास भने सफल हुन सकेन ।
पाठकले उक्त न्युज हाम्रो वेबसाइट हुलाकसञ्चार डटकममा लगइन गरी हेर्न सक्नुहुनेछ । यसैगरी ट्वीटरलगायतका हुलाक सञ्चारका आधिकारिक सामाजिक सञ्जालमा भने उक्त समाचार सुरक्षित छ ।
समाचार यहाँ पढ्नुहाेस् ।
लाचार बाग्लुङ नगरपालिका : छेवैको इमेजले अर्बौँ ठग्दा चाल नपाउने, ऋण तिर्न सर्वसाधारणलाई उर्दी !
-आगामी साता बागलुङ नगरपालिकाभित्रका सहकारी संस्थाबाट ठगिएका पीडितसँगका कुरा हुलाक सञ्चारमा पढ्न र हेर्न सक्नुहुनेछ ।