• २०८३ असार १४
  • 2026 June 28, Sunday

पाँच नेतालाई कारवाही गर्यो जनमतले पार्टीले

काठमाडौं । जनमत पार्टीले विभिन्न पाँच जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेको छ ।

जनमत पार्टीको बुधबार बसेको अनुशासन समितिको बैठकले नेता शिव चन्द्र कुशवाहा (बारा), गुलाब मण्डल (सप्तरी), शंकर खड्का (सप्तरी), भोपेन्द्र यादव (रूपन्देही), भगवान दास यादव (कपिलवस्तु) लाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।

केन्द्रीय सचिव भोपेन्द्र यादवलाई तीन महिनाका लागि निलम्बन गरिएको छ भने गुलाब मण्डल, शंकर खड्का र भगवान दास यादवलाई एक वर्षका लागि निलम्बन गरिएको जनमत पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई जनमत पार्टीको अनुशासन समितिले विभिन्न अभियोग लगाएको छ ।