• २०८३ असार १३
  • 2026 June 27, Saturday

नेपालमा पहिलोपटक कन्सर्ट गर्दै बलिउड गायक जावेद अली

काठमाडौं । चर्चित बलिउड पार्श्व गायक जावेद अलीले पहिलोपटक नेपालमा लाइभ कन्सर्ट गर्ने भएका छन् । बिहीबार बिहान एक भिडियो सन्देश जारी गर्दै उनले साउन १९ गते काठमाडौंमा प्रस्तुति दिने जनाएका हुन् ।

नेपालमा पहिलोपटक हुन लागेको कन्सर्टलाई लिएर आफू उत्साहित रहेको उल्लेख गर्दै उनले कार्यक्रममा सहभागी हुने नेपाली फ्यानलाई आग्रह गरेका छन् । सोल्टी होटलस्थित क्लब प्रिभेले अलीलाई नेपाल ल्याउन लागेको हो ।

दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा समावेश गीत ‘श्रीवाली’ उनको पछिल्लो हिट गीत हो । यसबाहेक ‘तेरी झलक असर्फी’, फिल्म तुम मिलेको ‘तु ही हकिकत’, बजरंगी भाइजानको ‘तु जो मिला’, कजरा रे, गलत बात हे, गुजारिस, तुम मिले, अर्जिया, गले लग जा, आओ जाओ मेरी तमन्ना, दिवाना कर रहा हे लगायत दर्जनौं हिट गीत उनको नाममा छन् ।