काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने जानकारी दिएका छन् ।
समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।
‘आज प्रधानमन्त्रीको हैसियतले भन्न चाहत्छु, पर्सि मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पहिलोपटक संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउँदैछौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।
उक्त ऐनले शिक्षा क्षेत्रको धेरै कुराहरुलाई सकारात्मक परिवर्तन दिने तागत राख्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।