आमा बनिन् फिल्म ‘बर्फी’ की अभिनेत्री इलियाना डिक्रूज

काठमाडौं । बलिउड फिल्म ‘बर्फी’ की अभिनेत्री इलियाना डिक्रूज आमा बनेकी छन् ।

उनले १ अगस्टमा छोरालाई जन्म दिएकी हुन् । पाँच दिनपछि इन्स्टाग्राममा छोराको तस्बिर सार्वजनिक गर्दै उनले आफू आमा बनेको जानकारी दिएकी छन् ।

उक्त तस्बिरमा लेखिएको छ, ‘कोआ फिनिक्स डोलनलाई चिन्नुहोस् । उनको जन्म अगस्ट १ मा भएको हो ।’

‘प्यारो छोरालाई दुनियाँमा स्वागत गर्न पाउँदा कति खुशी छु भनेर व्यक्त कुनै शब्द छैन,’ उनले इन्स्टाग्राममा क्याप्सन लेखेकी छन् । इलियानाले तस्बिर सार्वजनिक गरेसँगै बधाई आइरहेको छ ।

इलियानाको विवाह भएको छैन । उनी कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेट गरिरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । केही समयअघि दुवै विक्की कौशल र कट्रीनासँग देखिएका थिए ।

इलियाना पछिल्लो समय फिल्म ‘द बिग बुल’ मा देखिएकी थिइन् । अब उनी रणदीप हुड्डासँग फिल्म ‘अनफेयर एन्ड लभली’ मा देखिनेछिन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१