फिल्म ‘डन ३’ बाट रणवीर सिंह लुक्स सार्वजनिक (भिडियाे)

काठमाडौं । फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘डन ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ ।

निर्माण टिमले एक भिडिओ सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन् । सार्वजनिक भिडिओमा रणवीर सिंहलाई डनको रूपमा प्रस्तुत गरिएको छ ।

रितेश शिधवानी र फरहान अख्तरले निर्माण गर्न लागेको फिल्म २०२५ मा रिलिज हुनेछ ।

शाहरूख खानको स्थानमा रणवीर सिंह अनुबन्धित भएसँगै शाहरूखका फ्यान निराश भएका छन् । रणवीरले शाहरूखको जस्तो अभिनय गर्न नसक्ने उनीहरूको तर्क छ ।

फरहान अख्तरले अमिताभ बच्चन, शाहरुख खान र एक नयाँ अभिनेतालाई लिएर फिल्म बनाउने योजना बनाएका थिए। तर, अख्तरको तीन पुस्ता लिएर फिल्म बनाउने योजना शाहरुखलाई मन नपरेको बताइएको छ ।

‘डन’ र ‘डन २’ मा अभिनेता शाहरूख खानले अभिनय गरेका थिए । उनको केही संवाद निकै चर्चित भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१