कृषा चौलागाईंको फिल्म ‘ऐंचो पैंचो’ को ट्रेलर (भिडिओ)

काठमाडौं । कृषा चौलागाईंले निर्देशन गरेको फिल्म ‘ऐंचो पैंचो’ को ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चुनावी माहोल देखाइएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, राजाराम पौडेल, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, सरिता गिरी, रविन्द्र झालगायत कलाकारको अभिनय छ ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई विपिन मल्ल र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

कृषाको यो डेब्यू निर्देशित फिल्म हो । उनले यसअघि ‘इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु र पलाँस’ जस्ता फिल्म निर्माण गरेकी थिइन् ।

यो फिल्म भदौ १४ गतेदेखि प्रदर्शन हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१