यस्तो छ मुकुन र मेनुका अभिनीत फिल्म ‘गणपति’ को ट्रेलर (भिडिओ)

काठमाडौं । अभिनेता मुकुन भुषाल र मेनुका प्रधान अभिनीत फिल्म ‘गणपति’ को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक व्यक्तिको अस्वभाविक रूपमा जन्म, बाल्यकाल र युवा अवस्थाको उतारचढावलाई देखाइएको छ ।

सबिन अधिकारीले निर्देशन गरेको फिल्ममा मुकुन र मेनुकासँग प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, अंशु मानन्धर, पुष्कर गुरुङ, जयनन्द लामा, सुशिल पोखरेल, देवेन्द्र बब्लु, कालु राना, टीका भक्त जिरेल, कविता न्यौपानेलगायत कलाकारको अभिनय छ ।

यो फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा गरिएको हो । एबिगम्यान फिल्म्स ब्यानरको फिल्ममा लक्ष्मण थापाको लगानी छ ।

हरिबहादुर घलेले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन् ।

यो फिल्म भदौ १४ गतेदेखि प्रदर्शन हुँदैछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१