गणेश देव पाण्डेको फिल्म ‘जुलेबी’ १६ वर्ष मुनिका दर्शकले हेर्न नपाउने

काठमाडौं । भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ ले एडल्ट सर्टिफिकेट पाएको छ ।

सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएसँगै १६ वर्ष मुनिका दर्शकले फिल्म हेर्न नपाउने भएका छन् । यो फिल्मको कथा रत्नपार्क वरिपरि घुमेको छ ।

एथोलजी विधामा रहेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, रोशन सुवेदी, समीरमणि दीक्षितलगायत कलाकारको अभिनय छ ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरको फिल्मलाई आभा शर्माले निर्माण गरेकी हुन् । फिल्मको कार्यकारी निर्माता नविन भट्ट छन् ।

विवेक खड्काले छायांकन गरेको फिल्मलाई अजय खड्काले सम्पादन गरेका छन् ।

फिल्मका निर्देशक तथा लेखक गणेश देव पाण्डे हुन् । यसअघि उनले फिल्म ‘मन्जरी’ र ‘गाजा बाजा’ निर्देशन गरिसकेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१