करण राईले ल्याए ‘पिरतीको मुस्कान’ (भिडिओ)

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन-४ का विजेता करण राईले नयाँ गीत सार्वजनिक गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रम गर्दै ‘पिरतीको मुस्कान’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडिओमा गायक राईसँग अभिनेत्री मिरूना मगर फिचर्ड छिन् ।

लीला सेलिङ माबोको शब्द रहेको गीतमा देवेश राईको संगीत, संगीत संयोजन तथा मिक्सिङ छ । लिला र अन्जु सेलिङले निर्माण गरेको गीत करण राई युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

शान थापाले निर्देशन गरेको म्युजिक भिडिओलाई रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गायक करणले आफ्नै गीतमा पहिलो पटक नृत्य गर्दा राम्रो अनुभव रहेको बताए ।

‘कलाकारीता क्षेत्रमा छु । जे छु जस्तो छु, यसलाई नै निरन्तरता दिन्छु भन्ने विश्वास छ । थोरै पैसा कमाउ तर यहि क्षेत्रमा केही गर्छु र यहि क्षेत्रकै लागि म जन्मिएको हुँ,’ उनले कार्यक्रममा भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१