
काठमाडौं । तीज नजिकिँदै गर्दा धमाधम तीज गीतहरू बजारमा आइरहेका छन् । यसै क्रममा हास्य कलाकार तथा निर्देशक दिपक शर्माको निर्देशनमा मौलिक तीज गीत ‘दु :ख-सुख’ सोमबार सार्वजनिक भएको छ ।
सरू पौडेल तथा निरू लामिछानेको स्वरमा रहेको उक्त गीतको शब्द तथा लय संकलन पनि सरू पौडेलले नै गरेकी छिन् । दिदीबहिनीको ‘दु :ख-सुख’ उतारिएको उक्त गीतमा अभिनय सुमन सागर जंग के.सी , दिपक शर्मा ,मोडल सिर्जना पाण्डे र सरू पौडेलले गरेका छन् भने नृत्य निर्देशन पनि सुमन सागर जंग के.सीले गरेका छन् ।
खड्ग गन्धर्वले एरेन्ज गरेको उक्त गीतको भिडियो छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन सन्तोष सुनारले ले गरेका हुन् । (pralhad subedi) युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोको छायांकन काठमाडौंका विभिन्न ठाउँमा भएको देख्न सकिन्छ ।