दयाहाङ र मिरूनाको फिल्म ‘नांगो गाउँ’ को ट्रेलर (भिडिओ)

काठमाडौं । दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘नांगो गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा शिक्षण पेशाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देलबीचको राजनीतिक लडाई देखाइएको छ ।

दीपेन्द्र लामा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ र मिरूनासँगै कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बास्तोला, शंकर आचार्य, केशव राई इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरेलगायत कलाकारको अभिनय छ ।

क्लक वर्क क्रियशनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । आलोक शुक्लाले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् ।

यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१