
काठमाडौं । गायक स्वरूपराज आचार्यको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
एबी ड्रिम क्रियशन युट्यब च्यानलमार्फत ‘मानव भुलहरू’ बोलको गीत सार्वजनिक गरिएको हो ।
रमेश दियालीको शब्द रहेको गीतमा स्वरूपराज आचार्य र सत्यराज आचार्यले संगीत भरेका छन् । गीतको भिडिओमा रमेश दियालीलाई देख्न सकिन्छ ।
प्रकाश धितालले निर्देशन गरेको गीतमा विशाल गुरुङको लगानी छ ।
दिनेश पराजुलीले छायांकन गरेको म्युजिक भिडिओलाई विकाश दाहालले सम्पादन गरेका छन् ।