• २०८३ साउन १०
  • 2026 July 26, Sunday

क्यानको अध्यक्षमा चन्द निर्विरोध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध चयन भएका छन्। समग्रमा उनी तेस्रोपटक र लगातार दोस्रोपटक निर्वाचित हुने पक्का भएको हो।

चन्दलाई अध्यक्षमा बर्दियाका विनय राजभण्डारीले चुनौति दिने घोषणा गरेका थिए। तर, मनोनयन दर्ता गर्ने क्रममा भण्डारीले नाम फिर्ता लिएका हुन्।

यसैगरी, सचिवमा पूर्व कप्तान पारस खड्का र पूर्व सदस्य प्रशान्तबिक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ। कोषाध्यक्षमा पदम खड्का र उपाध्यक्षमा रोशनसिंह सर्वसम्मत चयन भएका छन्।