• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राहत शिक्षकको प्रदर्शन जारी, माग पूरा नभएसम्म विद्यालय नफर्किने

काठमाडौं । शिक्षक महासंघ र सरकारबीच सहमती भएपनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी नै राखेका छन्।

सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन्।

राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको भन्दै प्रदर्शन शिक्षकहरू प्रदर्शनमा छन्।

शुक्रबार सरकारले शिक्षक महासंघसँग ६ बुँदे सहमति गरेको थियो। यो सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै आफूहरूको माग सम्बोधन नभएको बताएका थिए।

शिक्षक महासंघले सबै जिल्लाबाट शिक्षकहरूलाई काठमाडौंमा उतारेर राहत शिक्षकहरूका माग सम्बोधन नगरेकोमा गुनासो समेत गरेका छन्।

सरकारले शिक्षक कर्मचारीहरूलाई गुमराहमा राखेको र झारो टार्न यो सहमति गरेको भन्दै राहत शिक्षकले आपत्ति जनाएको छ। राहत शिक्षकको व्यवस्थापनको लागि परीक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। पेन्सनबाट वञ्चित गराएको, विद्यालय कर्मचारीहरूको बारेमा कुनै कुरा नराखेको विषयमा शिक्षकहरू आन्दोलित छन्।