• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा डट्स केन्द्र स्थापना

काठमाडाैं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना भएको छ।

केन्द्रको सोमवार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले संयुक्त रुपमा उद्घाटन गरे।

क्षयरोगीहरुको सहजै निःशुल्क उपचार गर्ने उद्देश्यका साथ डट्स केन्द्र स्थापना गरिएको अस्पतालले जनाएको छ। केन्द्रबाट क्षयरोगको उच्च जोखिममा रहेका बिरामीको उपचार तथा निःशुल्क औषधि वितरण हुनेछ।

ग्राण्डी इन्टरनेशनल हस्पिटलका अस्पतालका मार्केटिङ विभाग प्रमुख भास्करकुमार दासले सरकारको प्राथमिक उपचार प्रणालीसँग सहकार्य गर्दै क्षयरोगीहरुको सहजै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको बताए।

अस्पतालले बिरामीको लागि फाइदाजनक कुराहरुमा अस्पताल सधैँ सकारात्मक रहेको र आगामी दिनहरुमा पनि सरकारका स्वास्थ्य लक्षित कार्यक्रममा सहकार्य गर्दै जाने बताएको छ।