हान्झाउ । इ–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको छ ।
१९औं एसियाली खेलकुदअन्तर्गत शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ‘ए’ बाट नेपाल बाहिरिएको हो ।
फाइनल चरणमा पुग्न सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि बाहिरिएको हो ।
सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेण्ड टाइमिङ निकालेका थिए ।
कोरिया ५० मिनेट ३७.१५१ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहँदा चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेण्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेको छ ।
शनिबार दिउँसो हुने सेमिफाइनलमो समूह ‘बी’ को खेल दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछन् ।