• २०८३ जेठ २२
  • 2026 June 05, Friday

एसियाड क्रिकेट : नेपाल भोलि भारतसँग खेल्दै, यस्तो छ भारतको टोली

काठमाडौं । १९औँ एसियाड क्रिकेटको क्वार्टर फाइनल ड्र सार्वजनिक भएको छ ।

सोमबार बिहान सार्वजनिक गरिएको ड्र मा नेपालले भारतसँग प्रतिस्पधा गर्ने भएको छ । नेपालले भोलि भारतसँग खेल्नेछ । यो खेल भोलि बिहान पौने ७ बजे सुरु हुने छ ।

भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । यस्तै बंगलादेशसँग मलेसिया खेल्नेछ । यी दुईबीचको खेलमा बुधबार हुनेछ । यस्तै पाकिस्तानसँग हङकङले प्रतिस्पर्धा गर्दा श्रीलंकाले अफगानिस्तानसँग भिड्ने छ ।

नेपालविरुद्ध भारतले नयाँ खेलाडीलाई खेलाउने छ । जसको कस्तान रहनेछन् रुतुराज गायकवार्ड

हेर्नुहोस् टोली :
ऋतुराज गायकवार्ड (कप्तान), आकास दीप, अर्शदीप सिंह, आभेष खान, शिभम डुबे, यसभु जयसवाल, मुकेश कुमार, प्रभ्सिर्मन सिंह, रवि विस्नोइ, साहवाज अमेद, जितेश शर्मा, रिन्कु सिंह, तिलक वर्मा, राहुल त्रिपाठी, वासिङ्गटन सुन्दर