
काठमाडौं । काठमाडौंको गौशालामा सोमबार बिहान गोली चलेको छ । अपरिचित व्यक्तीले चलाएको गोलीलाग्दा एक जना व्यक्ती घाइते भएको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट घाइते भएका व्यक्तिको खुट्टामा चोट लागेको छ । उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।
घाइतेको परिचय खुल्न बाँकी छ । गोली प्रहार गर्ने व्यक्तिले कटुवा पेस्तोल र चुप्पी छाडेर फरार भएका छन्।