• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

इजरायल आक्रमणमा १० जना नेपालीको मृत्यु

काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् ।

उनका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।

आक्रमणमा परि सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी, गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

राजदूत रिजालका अनुसार मृतक १० जनाको शव नेपाल पठाउने व्यवस्था मिलाइएको छ । बाँकी घाइते र बंकरमा रहेकाहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्ने प्रयासमा दूतावास रहेको उनले बताइन् ।