• २०८३ असार १५
  • 2026 June 29, Monday

मेरो भनाइ काँटछाँट गरी गलत अर्थ लाग्ने गरी युट्युब र टिकटकमा राखियो : रघुजी पन्त

काठमाडाै‌ं ।  नेकपा एमालेका सांसद रघुजी पन्तले आफूले इजरायलमा नेपाली विद्यार्थी मारिनु अघि बोलेका कतिपय बोली काँटछाँट गरी टिकटक र युट्युबबाट भ्रम उत्पन्न गराएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

सांसद पन्तले एक विज्ञप्ति जारी गर्दै ‘बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तीजनक कार्य भएकाले यस्ता भिडिओहरू तत्काल हटाउन माग गरेका छन्।

उनले गलत भिडिओ बनाएर प्रचार गर्ने कार्य रोक्न समेत सम्बन्धित क्षेत्रले आवश्यक पाइला चाल्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परी मारिएको समाचार आउनु भन्दा अघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाएर टिकटक-युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, पन्तले विज्ञप्तिमा लेखेका छन्, ‘म उक्त घटनामा परी मारिनु भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारका सबै सदस्यहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

raghuji-1696915737.jpg