• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

दसैँमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए। ‘दसैँमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एकरदुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ,’ उनले बताए।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ। मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।

भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ। रासस