• २०८३ असार १६
  • 2026 June 30, Tuesday

जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन सकिँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन नसकिने बताएका छन् ।

बिहीबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । ‘हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउँन, त्यो एउटा नेपालले भोगेको दुष्चक्र हिंसाको जसलाई हामीले हिंसाको अन्त्य, वृहत शान्ति सम्झौताबाट समाप्त पारेका थियौं । त्यसकै महिमा हुन थालेको छ । त्यसको जयगान गर्न थालिएको छ । हिजो अनावश्यक ढंगले मान्छे मारिए, त्यत्रो लुटपाट भयो, त्यसले देशको अर्थतन्त्र र जनजीवनमा पारेको समाजमा पारेको भयावह अवस्थाप्रति कुनै चिन्ता छैन। बरु त्यसप्रति गौरवभाव छ । त्यो मनाउनुपर्छ भन्दैछन् । यस दृष्टिकोण र मनोदशाले शान्तिप्रक्रिया कसरी सफल होला ?’

पीडितलाई केन्द्रमा राखेर न्याय दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने उनको भनाइ छ ।