घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७