
काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ ।
सोमबार प्रतितोला पाँच सय रूपैयाँ, मंगलबार प्रतितोला चार सय रूपैयाँ, बुधबार प्रतितोला तीन सय रूपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी प्रतितोला १ हजार ३ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ५ रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २० रूपैयाँ घटेको हो ।