एकैदिन प्रतितोला एक हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ ।

अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७