• २०८३ असार १८
  • 2026 July 02, Thursday

पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको छन् । उनीहरुको सनाखत भइसकेको छैन ।