काठमाडौं । लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।
छठको अवसरमा नेपाल सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो ।
लुम्बिनी सरकारले तराईका चार जिल्लामा सोमबार पनि बिदा दिने निर्णय गरेको हो ।
छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् ।
सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सकिन्छ । छठ समापन हुने दिन लुम्बिनी सरकारले बिदा दिएको हो ।
प्रदेशस्थित गृह मन्त्रालयले सूचना जारी गर्दै मंसिर ४ गते सोमबार छठ पर्वको समापनको दिन पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निणर्य भएको उल्लेख गरेको छ ।