• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

मिस युनिभर्समा दीपिका टप २० मा सीमित

काठमाडौं । मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका ग्यारेट टप २० मा पुगेर बाहिरिएकी छन् ।

‘प्लस साइज मोडल’ को रूपमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेकी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन् ।

उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् । २३ वर्षिया पलासियोस पेसाले टेलिभिजन होस्ट समेत हुन् । आमसञ्चारमा स्नातक उत्तीर्ण गरेकी छन् ।

निकारागुआले पहिलो पटक मिस युनिभर्स टाइटल जितेको हो । एल-साल्भाडोरमा आयोजित भएको कार्यक्रममा ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस युनिभर्स’ को उपाधि जितेकी हुन् ।