• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

फिफा विश्वकप छनोटमा आज नेपाल यमनसँग खेल्दै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा आज यमनसँग प्रतिस्पर्धा गर्दैछ।

दशरथ रंगशालामा आज बेलुका ७ बजे खेल हुनेछ।

अर्को चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण हुनेछ। नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो।

यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो।

त्यसकारण दुबै टिमलाई आजको खेल जित्नुपर्ने दबाब छ।

फिफा वरीयतामा यमन १५६ औं स्थानमा रहदा नेपाल १७३ औं स्थानमा छ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।

पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।