काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जाजरकोटका भूकम्प पीडितलाई एक लाख अमेरिकी डलर (करिब एक करोड ३३ लाख रूपैयाँ) सहयोग गर्ने भएको छ ।
बैंकले ब्रिटिस रेडक्रस मार्फत् यो सहयोग उपलब्ध गराउने भएको हो । ब्रिटिस रेडक्रस बैंकको आपतकालिन उद्दार साझेदार हो ।
यो रकम नेपाल रेडक्रस सोसाइटीमार्फत् प्राथमिक उपचार र उपचार सहयता तथा खाद्यान्न, पानी लगायत उपलब्ध गराउन प्रयोग हुनेछ ।