काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।
अन्जनाको सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह भएको छ । उनीहरू प्रेम सम्बन्ध थिए ।
२१ वर्षे अन्जना नेपालको सिनियर टोली र त्रिभुवन आर्मी फुटबल क्लबबाट फुटबल खेल्दै आएकी छन् ।