काठमाडौं । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भइ पिथौरागढ (भारत) मा सञ्चालित संयुक्त तालिम अभ्यास समापन भएको छ ।
गत मंसिर ८ गतेदेखि सुरु भएको तालिम मंसिर २१ गते समापन भएको हो । तालिममा सहभागी नेपाली टोली शुक्रबार फिर्ता आएको छ ।
नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता थियो ।
उक्त ‘एक्स सूर्य किरण–एक्भीआइआइ’ तालिम प्रतिविद्रोह तथा प्रतिआतंकवाद, ‘इन्टरोपराबिलिटी–डिजास्टर म्यानेजमेन्ट’ मा आधारित रहेको जनाइएको छ ।
नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यस अभ्यासको १७औँ संस्करण भारतमा सञ्चालन भएको हो ।
अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट ‘अब्जर्भर डेलिगेसन टिम’ मासहायक रथी सानुकाजी थापा खटिएका थिए ।
अभ्यास समापनपछि शुक्रबार नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको छ ।