• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एसिया कप खेल्न यूएई पुगेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किने

काठमाडौं । यू–१९ एसिया कप खेल्न यूएई गएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

टोली बुधबार राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । एसिया कपमा तीन ओटा खेल खेलेको नेपालले सबैमा पराजय भोगेको थियो । नेपालले यु–१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त टोली भारत,पाकिस्तान र अफगानस्तानसँग खेलेको थियो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र मंगलबार भारतसँगको अन्तिम खेलमा १० विकेटले पराजित भएको थियो ।

तीनवटै खेलमा हार ब्योहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।