• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

आज छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइदै

काठमाडौं । आज पुस १ गते  काठमाडौंमा छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले छैटौं राष्ट्रिय झण्डा दिवस मनाएको हो । नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्याली समेत निकालेको हो । र्याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो ।

नेपालमा वि.स. २०७५ साल पुष १ गतेबाट नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो ।

२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

‘नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ । युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो ।’ उनले भने, ‘ नेपाली झण्डाको गरिमा र यसको प्रयोगबारे विश्वमा जानकारी दिनका लागि हामि यो दिवस मनाउँदै आएका छौँ।’