त्रिविको ४९औँ दिक्षान्तर समारोहका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

सोमबार दशरथ रंशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

दिक्षान्त समारोहमा सहभागी हुन हजारौं विद्यार्थी तथा शिक्षकहरु आएकाले ट्राफिक जाम परेको जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि छन् । दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुदैछन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७