• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

मिचेल स्टार्क बने आइपिएल इतिहासकै सर्वाधिक मंहगो खेलाडी

इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टाइकलाई २४ करोड ७५ लाख भारुमा किनेको छ ।

न्यूनतम मूल्य २ करोड राखेका स्टाइकलाई खरिद गर्न कोलकोत्ता नाइट राइडर्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा भएको थियो । उनीहरुबीच लामो प्रतिस्पर्धा पश्चात गुजरात पछि हटेको हो ।

जुन आइपिएल इतिहासकै सर्वाधिक मूल्य थियो । कमिन्स अघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । स्टार्कले कमिन्सको कीर्तिमान तोड्दै इतिहासमै सर्वाधिक मूल्य पाएका हुन् ।

स्टार्क बिग म्याच प्लेयर हुन् । उनको स्वींग, गति र योर्करको सामना गर्न कुनै पनि विपक्षी ब्याटरलाई सहज हुँदैन । २०१५ र २०२३ को एकदिवसीय विश्वकप उपाधि जिताउन स्टार्कको प्रदर्शन महत्वपूर्ण थियो ।