काठमाडौं। बारामा सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
बुधवार बिहान २ बजे जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३.००१ ख २५८७ न.को बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० न.को ट्रक एक आपसमा ठोक्कीएको थियो ।
मृत्यु हुनेमा ट्रक चालक तनहुँ पीपलटार बस्ने २८ वर्षीय पूर्ण गुरूङ, बसचालक मकवानपुर, हेटौडाका ४० वर्षीय हरि शम्सेर सुयाल थापा र ३० वर्षीय एक पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।