चन्द्र भण्डारीकाे गुनासाे : हाम्रा विश्वविद्यालय डिप्रेसन र रोगको खानी भए

काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विश्वविद्यालय डिप्रेसन र रोगको खानी भएको टिप्पणी गरेका छन् ।

शुक्रबार संसदको शिक्षा समिति बैठकमा नेपाल विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भण्डारीले उक्त कुरा बताए ।

उनले विश्वविद्यालयमा समयमा परीक्षा लिने र समयमा परिणाम प्रकाशित गर्नेसम्मको व्यवस्था नभएको टिप्पणी गरे । विश्वविद्यालयमा हुने नियुक्तिहरूमा राजनीतिक भागवण्डा हुन थालेको उनको भनाइ थियो । नेपाललाई शिक्षाको हब बनाउन सकिने सम्भावना रहे पनि यी कारणहरूले त्यसमा अवरोध खडा गरेको बताए ।

‘हेर्नुस् त हाम्रा विश्वविद्यालयहरूको कस्तो हालत छ ?’ भण्डारीले प्रश्न गरे, ‘विश्वविद्यालय जस्ता विश्वविद्यालय छैनन् ।’

विद्यार्थीहरूको पलायन बढेको भन्दै अब स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी नै नहुने स्थित आउन लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले नेपालको शिक्षा प्रणालीको पुनर्संरचना गर्नुपर्ने बेला आएको बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१