• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगपालिका वडा न.३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।