काठमाडौं । नेपाल प्रो क्लब च्याम्पियनसिपमा सोमबार भएको खेलमा शसस्त्र प्रहरी (एपीएफ) वान्डर्स क्लब नयडासँग ८ विकेटले पराजित भएको छ ।
विरगञ्जमा आायोजित क्रिकेट प्रतियोगितको नवौं खेलमा आज एपीएफ र भारतको वान्डर्स क्लबबीच प्रतिस्पर्धा भएको थियो । सुरुमा ब्याटिङ गरेको एपीएफले २० ओभरमा १४४ रनको मध्यम लक्ष्य दिएको थियो । एपीएफका प्रदीप ऐरी २४ रन, हरिशंकर साह २३ रन, सन्दिप जोरा २२ रन, आशिफ सेख र लोकेश बम समान १९ रन, अमर रउतेला १७ रन र सुमित महर्जनले ११ रन बनाएका थिए ।
जवाफि ब्याटिङमा उत्रिएको वान्डर्स क्लब नयडाले सुखद प्रदर्शन गर्र्यो । वान्डर्सका रितिक भाट्स ४६, हर्षित सेट्टी ४५, सिदार्थ गोस्वामी ४३ र रितिक एरोराले १३ रन बनाएर जित दिलाएका हुन् । नेपालका विपिन खत्री र कमल खत्रीले १/१ विकेट लिए । भने नय्डाका अलिप्त गुप्ताले २, रितिक भाट्स, सन्जिव चतुवेदी र हर्षित सेट्टीले १/१ विकेट लिए ।
जारी प्रो क्लब च्याम्पियनसिपमा वान्डर्स क्लब तीन खेलमा एकमा जित निकाल्दै चौथो र एपीएफतीन खेलमा एक जित निकाल्दै पाँचौ स्थानमा छन् । पहिलो स्थानमा तीन खेलमा तीन जित निकाल्दै नेपाल आर्मी क्लब र तीन खेलमा दुई जित निकाल्दै नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ । पर्सा क्लब तेस्रो र उत्तर प्रदेश क्लब पुछारमा छ ।