• २०८३ साउन ११
  • 2026 July 27, Monday

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीपमा भाग लिन ११ खेलाडी भारत जाँदै

विराटनगर । पुस १४ र १५ गते भारतको उत्तरप्रदेश स्थित आगरामा हुने अन्तरराष्ट्रिय कराँते च्याम्पियनसीप–२०२३ मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै विराटनगरबाट ११ जना खेलाडीलाई विदाई गरिएको छ ।

विराटनगर– ११ स्थित बालाजी डोजोका ११ जना खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई एक कार्यक्रम आयोजना गरी मोरङ कराँते महासंघले सफलताको शुभकामनासहित बिदाई गरेको हो । उनीहरु भोलि बुधबार त्यसतर्फ जानेछन् ।

खेलाडीहरुलाई नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद बिकास बोर्डका संस्थापक सदस्यसचिव पर्शुराम बस्नेतले टीका र खादा लगाएर विदाई गरेका थिए ।

कराँते महासंघ मोरङ अध्यक्ष रुपेश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतसहित जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष रोहित कोइराला, विराटनगर– ११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपाने, जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुली, नेपाल खेलकुद महासंघका सूरज श्रेष्ठ, कराँते प्रशिक्षक मेनुका ठाकुरलगायत अभिभावकहरुको उपस्थिती थियो ।

उक्त प्रतियोगितामा भाग लिन विराटनगरबाट आकृति कोइराला, सोनीया वन, आरुषा कोइराला, अन्वेशा न्यौपाने, दुर्गेशकुमार यादव, सन्तोषकुमार साह, अमन सहनी, बिबेक सिंह, पंकज साह, आलोक ठाकुरर बिशाल चौधरीले सहभागिता जनाउनेछन् ।

खेलाडीहरुको साथमा प्रशिक्षकद्वय भुवन कट्टेल र मेनुका ठाकुर तथा व्यवस्थापक अजय ठाकुर छन् । च्याम्पियनसीपमा खेलाडीहरुले विभिन्न स्पर्धामा भाग लिने प्रशिक्षक ठाकुरले जानकारी दिइन् ।