• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

पानीमा डुबेर १ वर्षीय बालिकाको मृत्यु

विराटनगर । पानीमा डुबेर बालिकाको मृत्य भएको छ ।

मोरङको जहदा गाउँपालिका–३ भातिगन्जमा फुदन हस्दाकी १ वर्षीया छोरी कृतिको आज बिहान भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो ।

यसैबिच,बालिका खेल्ने क्रममा सिल्भरको भाडामा राखेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी नायब उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए ।

मृतक बालिकाको शव पोस्माटमका लागि कोशी अस्पतालमा राखिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।