• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेका हुन् । यसअघि सन्दीप बलात्कार आरोपमा दोषी ठहर भएका थिए ।

इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ ।