• २०८३ असार १६
  • 2026 June 30, Tuesday

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज अन्तिम नामावली प्रकाशन गर्दै

File photo

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत शुक्रबार निवाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दैछ। ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदका लागि आठ राजनीतिक दलका ५२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। ती उम्मेदवारले शुक्रबार नै नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यसूची छ।मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहनेछन्