अचम्मकी केट : बाथरुममा राख्छिन् ओस्कार अवार्ड

लसएन्जल्स । विश्व प्रतिष्ठित ओस्कार अवार्डका बारेमा जोकोही जानकार छन् । यो विश्वको प्रतिष्ठित पुरस्कारमध्ये एक हो । हलिउड, बलिउड वा विश्वका जुनसुकै फिल्म उद्योगका स्टारहरु यो ट्रफी पाउने चाहना राख्छन् ।

ट्रफी पाएका स्टारले आफ्ना ट्रफीलाई कहाँ राख्छन् ? भन्ने जोकोहीलाई चासो रहन्छ । तर ‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटले भने सबैलाई चकित तुल्याउने गरी ओस्कार अवार्डको ट्रफी बाथरुममा राखेकी छन् । यसको कारण पनि रोचक छ ।

‘किनकी जब कोही बाथरुमको प्रयोग गर्न जान्छन्, तब उनीहरु वास्तवमा ओस्कारसँग सिसाको अगाडि आफ्नो समय बिताउन सक्छन् । तपाईं जहिल्यै भन्न सक्नुहुन्छ किनकी तपाईं फ्लश गर्नुहुन्छ र पाँच मिनेट त्यही बस्नुहुन्छ । यो एउटा कलाकारका लागि स्पष्ट कुरा हो । जब कोही पाहुना ओस्कारका साथ खेलिरहेका हुनेछन्’, उनले कारण खुलाएकी छन् ।

उनी अगाडि भन्छिन्, ‘पुरा विचार यो हो कि हरेक कोही यसलाई उठाओस् र भनोस्, ‘म आफ्नो छोरा र पितालाई धन्यवाद दिन चाहन्छु’, र तपाईं जहिल्यै भन्न सक्नुहुन्छ कि कोही कसैले यस्तो गरेका छन् ? किनकी फ्लश गरेपछि तपाईं केही समय त्यहाँ बिताउनुहुनेछ । जब तपाईं बाहिर आउनुहुन्छ, तपाईंको गाला थोरै गुलाबी हुनेछ ।’

केटको कामका कुरा गर्दा उनी ‘द रिजीम’ नामक मिनी सिरिजमा व्यस्त छिन् । जहाँ उनी कार्यकारी निर्माताका रुपमा जोडिएकी छन् । (नवभारत टाइम्स)

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१